ओलीद्वारा रास्वपा–बालेन गठबन्धनप्रति कटाक्ष, चुनावमा ‘राष्ट्रिय फैसला’ हुने दाबी

पुस १५, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व एमालेसँगै रहेको स्पष्ट सन्देश दिएको बताएका छन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचनबाट मुलुकको राजनीतिक दिशा तय हुने उल्लेख गर्दै त्यसलाई “राष्ट्रिय फैसला” का रूपमा चित्रित गरे।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको सम्भावित एकतालाई लक्षित गर्दै त्यसलाई ‘दुब्लाहरूको मोर्चाबन्दी’को संज्ञा दिए। उनले यस्ता गठबन्धनले एमालेको राजनीतिक आधारलाई कुनै असर नपार्ने दाबी गरे।

चुनावी प्रतिस्पर्धाबारे बोल्दै ओलीले आफूलाई ‘बाघ’सँग तुलना गर्दै बालेन शाह, कुलमान घिसिङ र रवि लामिछानेलाई क्रमशः ‘कुखुरा, बाख्रा र स्याल’को संज्ञा दिएका थिए। उनले आगामी निर्वाचनमा ‘वारपार’ हुने दाबी गर्दै एमाले निर्णायक शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गरे।

  • सम्बन्धित समाचारहरु

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more