समानुपातिकतर्फ ६४ दलले बन्द सूची पेस, ५८ दलका ५८ निर्वाचन चिह्न

पुस १५, काठमाडौ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र उनीहरूले प्रयोग गर्ने निर्वाचन चिह्नको विवरण सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार कूल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका छन्। तीमध्ये ५८ दलले ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।

आयोगले बन्द सूची बुझाउन पुस १३ र १४ गतेको कार्यतालिका निर्धारण गरेको थियो। सोही कार्यतालिकाअनुसार सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरी कूल ६४ दलले समानुपातिकतर्फको बन्द सूची आयोगमा पेस गरेका हुन्।
आयोगका अनुसार प्राप्त बन्द सूचीहरूबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनका क्रममा कानुनी प्रावधानअनुसार सूचीको वैधता, समावेशिता तथा आवश्यक मापदण्ड पूरा भए–नभएको विषयमा अध्ययन गरिने आयोगले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more