पुस १४, काठमाडौ । — जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण गर्ने निर्णय भएको छ। पुस १३ गते दुवै पार्टीका शीर्ष नेतृत्वबीच सम्पन्न संयुक्त बैठकले पार्टी एकीकरण गर्ने सहमति गरेको हो।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको सहभागितामा भएको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरेको गरेको छ। बैठकले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै समावेशिता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायलगायतका मुद्दामा अग्रगामी परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको छ।
जनताको अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण समाज निर्माणका लागि राजनीतिक एकता अपरिहार्य भएको ठहर गरिएको छ। सोही आवश्यकतालाई आत्मसात् गर्दै जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ।
पार्टी एकीकरणसँग सम्बन्धित बाँकी प्रक्रिया, कार्यविधि र संरचनाबारे आगामी दिनमा थप छलफल र निर्णय गरिने जनाएको छ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल एकीकरण गर्ने निर्णय
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 51 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 31 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 88 views




















