बालेनको प्रस्ताव अस्वीकार गर्दै आशिका तामाङ प्रत्यक्ष निर्वाचनमा भिड्ने संकेत

पुस १४, काठमाडौ ।— काठमाडौं महानगरपालिकाका मेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) ले सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिक उम्मेदवार बन्न प्रस्ताव गरेका छन्। जेन–जी आन्दोलनमा देखाएको सक्रिय भूमिका र सामाजिक अभियानका कारण प्रभावित भएर बालेनले उक्त प्रस्ताव गरेको बताइएको छ।

तर तामाङले समानुपातिक उम्मेदवारी स्वीकार नगर्ने संकेत गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छुकसँग राय लिँदा ९२ प्रतिशतले प्रत्यक्ष निर्वाचनमै उम्मेदवार बन्न सुझाव दिएको उल्लेख गर्दै समानुपातिकभन्दा प्रत्यक्ष प्रतिस्पर्धा रोज्ने स्पष्ट संकेत गरेकी हुन्। प्रत्यक्षतर्फ कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने विषय भने अझै तय भइनसकेको जनाइएको छ।

राजनीतिमा ‘चर्चित’ अनुहारहरू समानुपातिक सूचीमा पर्न मरिहत्ते गरिरहेका बेला आशिका तामाङले प्रत्यक्ष निर्वाचनमै भिड्ने अडान लिनु राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। जोखिमपूर्ण मानिने प्रत्यक्ष प्रतिस्पर्धा रोज्ने उनको निर्णयले धेरैलाई चकित पार्नुका साथै सामाजिक सञ्जालमा उनको साहस र आत्मविश्वासको खुलेर प्रशंसा भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरीको कप्तानगञ्ज घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

    Read more

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more