सुमना पुनः रास्वपामा फर्किने तयारी, उम्मेदवार बन्ने सम्भावना बलियो

पुस १३, काठमाडौ ।— राजनीतिमा पुनः सक्रिय देखिएकी सुमना रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) मा फर्किने तयारीमा रहेको चर्चा तीव्र बनेको छ। स्रोतका अनुसार उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट रास्वपामा पुनः समायोजन हुँदै आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना करिब–करिब पक्का जस्तै देखिएको छ।
रास्वपा निकट स्रोतहरूले सुमनाको पुनरागमनलाई संगठनात्मक तथा निर्वाचन रणनीतिसँग जोडेर हेरिएको बताउँछन्। पार्टीभित्र उम्मेदवार चयन र क्षेत्र निर्धारणसम्बन्धी आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको र सुमनाको नाम प्रमुख दावेदारका रूपमा अघि बढेको जनाइएको छ।
यद्यपि यस विषयमा पार्टी नेतृत्व वा सुमनाको तर्फबाट औपचारिक घोषणा भने आउन बाँकी छ। आधिकारिक निर्णय सार्वजनिक भएपछि मात्र उम्मेदवारी र जिम्मेवारीबारे स्पष्ट तस्वीर आउने बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more