भोलिदेखि देश तात्ने संकेत, जेनजी मिराज ढुङ्गाना समूह सडकमा

पुस ६, काठमाडौ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको औपचारिक घोषणा गरेका हुन्।

ढुङ्गानाले भोलि बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन्। उनका अनुसार जेनजी आन्दोलनलाई धोका दिइएको दाबी गर्दै अब सर्वपक्षीय सरकार गठन नभएसम्म आन्दोलन निरन्तर जारी रहनेछ।
पत्रकार सम्मेलनमा संयोजक ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको आरोप लगाउँदै वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले आन्दोलन कुनै दल विशेषविरुद्ध लक्षित नभई जनताको अधिकार, विश्वास र राजनीतिक जवाफदेहिताको पुनर्स्थापनाका लागि केन्द्रित रहेको स्पष्ट पारे।

जेनजी समूहको आन्दोलन घोषणासँगै राजधानीसहित देशभर राजनीतिक गतिविधि तातेको देखिएको छ। भोलिदेखि सुरु हुने आन्दोलनले कस्तो रूप लिन्छ र सरकार तथा राजनीतिक दलहरूको प्रतिक्रिया के रहनेछ भन्ने विषयमा सर्वत्र चासो बढेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more