पुस ६, काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि २४ खेलाडीलाई क्याम्पमा बोलाएको छ। क्यानद्वारा जारी गरिएको सूचीमा बारा जिल्लाका आदिल अन्सारी पनि समावेश छन्। क्याम्प भोलि सोमबार (पुस ७) देखि सुरु हुने जनाइएको छ।
क्याम्पमा समावेश खेलाडीहरू: रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह।
नेपालले विश्वकपका सबै खेल भारतको मुम्बईमा खेल्नेछ। नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। नेपालले इंग्ल्यान्डसँग पहिलो खेल माघ २५ गते (फेब्रुअरी ८) मा वान्खडे स्टेडियम, मुम्बईमा खेल्नेछ।
त्यसपछि नेपालले इटालीसँग फेब्रुअरी १२, वेस्ट इन्डिजसँग फेब्रुअरी १५ र बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका तय गरिएको छ। प्रतियोगिताका लागि नेपाली क्रिकेट समर्थकहरू उत्साहित देखिएका छन्।
















