जेलमुक्ति पछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीसँग छलफलमा

पुस ६,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न आइतबार साँझ बालुवाटार पुगेका छन्। शुक्रबार मात्रै कारागारबाट रिहा भएका लामिछाने पार्टीका केही शीर्ष नेताहरूसहित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन्।

लामिछानेसँगै रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी तथा नेताहरू शिशिर खनाल र सोविता गौतम पनि बालुवाटार पुगेका थिए।
जेलमुक्त भएपछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीसँग भेटवार्ता गर्न पुगेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच छलफल जारी रहेको छ।

यसअघि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै लामिछानेले आफू नेतृत्वको पार्टी सरकारको साथमा रहेको स्पष्ट पारेका थिए। उनका उक्त अभिव्यक्तिपछि प्रधानमन्त्रीसँगको भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more