भोलि प्रधानमन्त्रीसहित निर्वाचन तयारीबारे सर्वपक्षिय छलफल

पुस ६, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित सर्वपक्षीय छलफल आयोजना गर्ने भएको छ। आयोगका अनुसार सोमबार राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग तथा अन्य सम्बद्ध निकायबीच निर्वाचनको तयारीका विषयमा विस्तृत छलफल हुने छ।

छलफलमा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, व्यवस्थापन, कानुनी संशोधनलगायत विविध विषयमा विचार–विमर्श गरिने निर्वाचन आयोगले जनाएको छ। यसअघि पनि विभिन्न समयमा यस्ता छलफल हुँदै आएका भए पनि पछिल्लो समय निर्वाचन तयारीमा भएको प्रगति, आयोगका प्रयास तथा सरोकारवालाहरूको धारणा बुझ्न यो छलफल आयोजना गर्न लागिएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सर्वपक्षीय छलफल सिंहदरबारमा आयोजना हुनेछ। छलफलबाट आगामी निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुझाव र निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more