रामनारायण मिश्रको ५८औँ पुण्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न

पुस ६, जनकपुरधाम । राणा–राजा शासनविरुद्ध तथा प्रजातन्त्र स्थापना आन्दोलनमा ऐतिहासिक र प्रेरणादायी भूमिका निर्वाह गरेका स्व. रामनारायण मिश्रको ५८औँ पुण्यतिथिका अवसरमा उनका समाधी स्थल गङ्गासागरको पुर्वी डिलमा श्रद्धाञ्जलि तथा प्रार्थना सभा आयोजना गरिएको छ।
कार्यक्रममा स्व. मिश्रले देशको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, त्याग र संघर्षको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो। वक्ताहरूले स्व. मिश्रको विचार, त्याग र संघर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै वर्तमान पुस्ताले उहाँको आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिए।
श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राम सरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मैथिली विकास कोषका अध्यक्ष तथा मधेस प्रदेश कांग्रेस सदस्य जीवनाथ चौधरी, कांग्रेसका युवा नेता दीपक कुमार ठाकुरलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more