फागुन २१ को निर्वाचनः लोसपाद्वारा शरत भण्डारी , ज्ञानेन्द्र झा र कुशेश्वर यादवसिफारिस

पुस ३, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल महोत्तरी निर्वाचन क्षेत्र नं. ४ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

मिति २०८२/९/२ गते क्षेत्रीय अध्यक्ष विनोद गामीको अध्यक्षतामा सम्पन्न क्षेत्रीय भेलाबाट प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको हो।

सिफारिस गरिएका उम्मेदवारहरूमा
१) माननीय शरत सिंह भण्डारी
२) ज्ञानेन्द्र झा “ज्ञानु”
३) कुशेश्वर यादव रहेका छन्।

भेलाले पार्टीको संगठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा सशक्त तयारीका साथ सहभागी हुने निर्णयसमेत गरेको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more