एमालेको नयाँ पदाधिकारी टिम सार्वजनिक, ओली प्यानलका १७ विजयी

पुस ३, काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। अध्यक्ष पदको निर्वाचनमा ओलीले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै १ हजार ६६३ मत प्राप्त गरेका हुन् भने पोखरेलले ५६४ मतमा सिमित रहे। कुल २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए।

महाधिवेशनमा अध्यक्ष ओली प्यानलको प्रभुत्व कायम रह्यो। महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल विजयी भए। उनले १ हजार २ सय २८ मत पाएका छन् भने प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत पाए। शंकर पोखरेल लगातार दोस्रो कार्यकालका लागि महासचिव निर्वाचित भए।

उपाध्यक्ष पदमा पाँच जना विजयी भए:

पृथ्वी सुब्बा गुरुङ : १,७३७ मत

विष्णु प्रसाद पौडेल : १,६७५ मत

रामबहादुर थापा ‘बादल’ : १,५१६ मत

गोकर्ण राज विष्ट : १,३६८ मत

रघुजी पन्त : १,२५८ मत

अन्य प्रतिस्पर्धी उपाध्यक्षमध्ये गुरु प्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य पराजित भए।

उपमहासचिव पदमा

लेखराज भट्ट : १,४५२ मत

रघुवीर महासेठ : १,३६८ मत

योगेश भट्टराई : १,३४८ मत

सचिव पदमा नौ जना विजयी भए:

महेश बस्नेत : १,५४४ मत

पद्माकुमारी अर्याल : १,५३० मत

छविलाल विश्वकर्मा : १,५०६ मत

शेरधन राई : १,५०३ मत

खगराज अधिकारी : १,२३१ मत

हिक्मतकुमार कार्की : १,३३७ मत

यमलाल कँडेल : १,१८५ मत

राजन भट्टराई : १,१८१ मत

भानुभक्त ढकाल : १,१०८ मत

महाधिवेशनमा १९ पदाधिकारीमध्ये १७ जना ओली प्यानलका भएका छन्। ईश्वर पोखरेल प्यानलबाट मात्र उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन्।

यससँगै एमालेको नयाँ नेतृत्व संरचना सार्वजनिक भएको छ, जसले पार्टीको आगामी रणनीति र राजनीतिक गतिविधिमा स्पष्ट प्रभाव पार्ने देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more