मैथिली साहित्य समाजद्वारा १४२औँ कवि गोष्ठी जनकपुरधाममा सम्पन्न

मंसिर २०,जनकपुरधाम ।– मैथिली साहित्य समाजद्वारा आज १४२औँ कवि गोष्ठी पुरानो मिनापको हलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम समाजकी अध्यक्ष श्रीमती  किरण झाको अध्यक्षता तथा पत्रकार तथा साहित्यकार सुजित कुमार झाको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो। गोष्ठीमा सहभागी साहित्यकार तथा सर्जकहरूले आफ्ना रचना, कविता तथा भावनात्मक अभिव्यक्तिहरू प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएका थिए।

कार्यक्रममा देवीकान्त मिश्र ‘मुसन’, प्रमोद कुमार, अभिष्ट नारायण, प्रकाश प्रेमी, कासि कान्त झा ‘रसिक’, शिवानी मिश्र, प्रमोदानन्द झा, विजय कुमार यादव, श्रीमति बिन्दु ठाकुर तथा डा. गायत्री झा, मन्ना झा उपस्थित रहे। सहभागीहरूका अनुसार गोष्ठीले मैथिली साहित्यिक जगतको सिर्जनात्मक प्रवाहलाई निरन्तरता दिएको छ र साहित्यकारहरूबीच समन्वय, चर्चा तथा अभिव्यक्तिको मंचका रूपमा प्रभावकारी देखिएको छ।

मैथिली साहित्य समाजले नियमित रूपमा सञ्चालन गर्दै आएको कवि गोष्ठीको १४२औँ श्रृंखलाले पनि स्थानीय साहित्यिक उत्साह र सृजनात्मकताको दायरा विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले बताए।

  • सम्बन्धित समाचारहरु

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more

    फतुवा विजयपुरमा फेरि रोकियो नगरसभा, गणपूरक संख्या नपुग्दा बैठक स्थगित

    Read more