मधेश प्रदेशमा मैथिली भाषा–केन्द्रित चलचित्र तथा लघुचलचित्र लेखन प्रशिक्षण सुरु

मंसिर २०, जनकपुरधाम। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डले मैथिली भाषामा चलचित्र तथा लघुचलचित्र निर्माणका लागि आवश्यक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २-दिने विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रशिक्षण आगामी मंसिर १९ र २० गते जनकपुरधामस्थित मैथिली विकास कोषमा सुरु भएको छ ।

बोर्डका अनुसार प्रदेशमा मैथिली भाषिक सांस्कृतिक समृद्धि तथा फिल्म निर्माणको बढ्दो अभ्यासलाई व्यवस्थित, शुद्ध र कलात्मक ढंगले प्रवर्द्धन गर्न प्रशिक्षण महत्वपूर्ण हुने बताइन्छ। हाल चलचित्र तथा लघुचलचित्र निर्माणमा स्थानिय भाषाको प्रयोग बढ्दै जाँदा त्यसमा भाषिक शुद्धता, संवाद निर्माण, कथानक विकास तथा साहित्यिक प्रस्तुतीकरणमा क्षमता विकास आवश्यक देखिएको बोर्डको भनाइ छ।

कार्यक्रममा ५० जनासम्म सहभागी समावेश गरिनेछ। सहभागीमा स्थानीय चलचित्र निर्माता, निर्देशक, लेखक, विद्यार्थी, युवा सर्जक, पत्रकार, डिजिटल क्रिएटर तथा नाट्य–थियटरकर्मीहरू रहनेछन्। आवश्यक परे सहभागी संख्या बोर्डले समायोजन गर्न सक्ने जनाएको छ।

प्रशिक्षणमा चलचित्र अध्ययन, पटकथा लेखन तथा मैथिली भाषा–साहित्यमा दक्ष विज्ञहरूले प्रशिक्षण दिनेछन्। मुख्य प्रशिक्षकले कथा, संवाद, स्क्रिप्ट लेखनका मूल सत्र सञ्चालन गर्नेछन् भने सह–प्रशिक्षकहरूले व्यावहारिक अभ्यास, समूह कार्य तथा स्क्रिप्ट मूल्यांकनमा सहयोग गर्नेछन्।

कार्यक्रमका लागि प्राविधिक टोलीले प्रोजेक्टर, ध्वनि प्रणाली, प्रस्तुति तथा फोटो/भिडियो डोकुमेन्टेसन व्यवस्था गर्नेछ।
बोर्डले प्रशिक्षणपछि सहभागीबाट नै मैथिली भाषामा लघु–स्क्रिप्ट तयार गराई व्यावहारिक कौशल विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more