मधेशमा नयाँ सत्ता समीकरण: ६ दलका ७७ सांसदद्वारा कृष्ण प्रसाद यादव मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत

मंसिर १९,जनकपुरधाम ।— मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ।
मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने छैटै राजनीतिक दलका ७७ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउन समर्थन पत्रसहित दाबी प्रस्तुत गरेका छन्।

प्रदेश प्रमुखबाट नेपाली संविधानको धारा १६८(२) बमोजिम बहुमत प्राप्त सरकार गठनका लागि मंसिर १७ गते आह्वान गरिएको सूचनाअनुसार दलहरूले संविधानिक प्रक्रियाभित्र रहँदै नयाँ सरकार गठनको प्रस्ताव अघि बढाएको हुन्।

प्रदेशसभामा हाल कायम ७७ सदस्य नै दाबीमा सहभागी भएकाले बहुमत सहज रूपमा पूरा भएको स्पष्ट हुन्छ। दाबी पत्रमा नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल गरी ६ दलको संयुक्त समर्थन उल्लेख गरिएको छ।

समर्थन दाबीमा सहभागी दल र सदस्य संख्या

नेपाली काँग्रेस – नेता: कृष्ण प्रसाद यादव (२२ सदस्य)

जसपा नेपाल – नेता: सरोज कुमार यादव (१८ सदस्य)

जनमत पार्टी – नेता: महेश प्रसाद यादव (१३ सदस्य)

नेकपा माओवादी केन्द्र – नेता: भरत प्रसाद साह (९ सदस्य)

लोसपा नेपाल – नेता: जयनुल राईन (८ सदस्य)

नेकपा (एकीकृत समाजवादी) – नेता: गोविन्द बहादुर न्यौपाने (७ सदस्य)

दाबी पत्रमा उल्लेख छ कि यी ६ दलका ७७ जना सांसदहरूको स्पष्ट समर्थनका आधारमा कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न अनुरोध गरिएको छ।दाबी प्रदेश प्रमुख कार्यालयमा दर्ता भइसकेको र अब प्रमुखबाट औपचारिक निर्णय जारी हुने अपेक्षा गरिएको छ।
यससँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण अन्तिम चरणमा प्रवेश गरेको देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more