जनकपुरधाममा नेपाली सेनाद्वारा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सुरु

मंसिर ८, जनकपुरधाम। — विवाह पञ्चमीको पावन अवसर पारेर नेपाली सेनाले आजदेखि तीन दिनसम्म जनकपुरधाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ। जनकपुरधामको रंगभूमि मैदानमा सञ्चालन भइरहेको उक्त शिविरमा सर्वसाधारणले निःशुल्क उपचार, स्वास्थ्य परामर्श तथा विभिन्न परीक्षण सेवाहरू प्राप्त गर्न सक्नेछन्।

नेपाली सेनाले स्थानीय नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष पर्वको भीडभाड र आवश्यकतालाई ध्यानमा राखेर शिविरको आयोजना गरेको जनाएको छ। शिविरमा दन्त, नेत्र, सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप–मधुमेह जाँच, महिला स्वास्थ्य परामर्शलगायत सेवा उपलब्ध गराइएको सेनाले बताएको छ।

स्वास्थ्य विशेषज्ञ, डाक्टर, प्राविधिक तथा औषधि व्यवस्थाकाे टोली सहित सञ्चालन भएको शिविरमा दैनिक हजारौंको संख्यामा नागरिकको उपस्थिती रहने अपेक्षा गरिएको छ।

विवाह पञ्चमीको सांस्कृतिक महत्वसँगै नागरिकमैत्री सेवामार्फत समाजमा सकारात्मक सन्देश दिन शिविरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more