विवाह पञ्चमीको अवसरमा इनरुवा नगरपालिकामा भोलि स्थानीय बिदा

मंसिर ८, इनरुवा/ सुनसरी । – इनरुवा नगरपालिकाले विवाह पञ्चमीको पावन अवसरमा भोलि मंसिर ९ गते (मंगलबार) एक दिनका लागि स्थानीय बिदा दिएको छ।

नगर कार्यपालिकाको मंसिर ५ गतेको निर्णयअनुसार नगरपालिकाभित्र रहेका अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, स्वास्थ्य संस्था तथा नगरक्षेत्रका शैक्षिक संस्थाहरु भोलि बन्द रहने नगरपालिकाले प्रकाशित सूचनामा उल्लेख छ।

नगरप्रमुख प्रशासकीय अधिकृत दिल्ली राज निरौलाले जारी गरेको सूचनामा विवाह पञ्चमी जस्ता महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वको सम्मानस्वरूप बिदा प्रदान गरिएको जनाइएको छ।

नगरपालिकाले अत्यावश्यक सेवा भने यथावत सञ्चालन रहने स्पष्ट गरेको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more