जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको चौथो दिन तिल्कोत्सव भव्य रूपमा सम्पन्न

मंसिर ७, जनकपुरधाम। सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन आज भव्य रूपमा तिल्कोत्सव मनाइएको छ। बिहानीय बेला जानकी मन्दिरबाट एक हजार एक (१००१) भार लिएर साधु–सन्त तथा भक्तजनको टोली बाजागाजासहित राममन्दिर पुग्यो र परम्परागत विधिअनुसार तिल्कोत्सव सम्पन्न गरियो।

तिल्कोत्सव मिथिला परम्पराको महत्वपूर्ण संस्कार हो, जहाँ बेहुली पक्षले बेहुला पक्षका अगाडि भार बोकेर गई तिलक तथा टीकाटालो गर्ने प्रचलन रहिआएको छ। यही परम्पराअनुसार दही–चिउरा, खिर–पुरी, विभिन्न प्रकारका मिठाई, फलफूल, लत्ताकपडासहितको १ हजार १ भार जानकी मन्दिरबाट राममन्दिरमा पुर्‍याइयो।

यस वर्षको तिल्कोत्सवमा ‘राजा जनक’ को भूमिकामा जानकी मन्दिरका सहमहन्त रामरोशन दासले नेतृत्व गरेका थिए। साधु–सन्त, भक्तजन तथा स्थानीयवासीको ठूलो सहभागितासहित सम्पन्न गरिएको तिल्कोत्सवमा जनकपुरधामको संस्कार–संस्कृतिको अनोठो र भव्य झल्को देखिन्थ्यो।

विवाह पञ्चमी महोत्सव अन्तर्गतका कार्यक्रमहरू निरन्तर चलिरहेका छन् । भोलि मटकोर को आयोजना गरिनेछ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more