जनकपुरधाममा दुई मोटरसाइकल ठोक्किँदा एक महिला गम्भीर घाइते

कार्तिक १०, जनकपुरधाम।  उपमहानगरपालिका–७ बसहिया माछाबजार सडक खण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक महिला गम्भीर घाइते भएकी छन्।

मधेश प्रदेश–०२–००८प–५६६९ नम्बरको मोटरसाइकलले नम्बर नखुलेको अर्को मोटरसाइकललाई ठक्कर दिँदा देवपुरा रुपैठा निवासी करिब ५५ वर्षीया कोशिला देवी मुखिया गम्भीर घाइते भएकी हुन्।

घाइते मुखियाको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ। उनीलाई उपचारका लागि जनकपुर न्युरो अस्पतालमा भर्ना गरिएको छ, जहाँ चिकित्सकहरूले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

ठक्कर दिने मोटरसाइकल र सोमा सवार करिब १८ वर्षका रवि माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय जनकपुरले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक गतिका कारण दुर्घटना भएको बताइएको छ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more