नेपाल सरकारका तिन मन्त्रीसहितका टोली आज जनकपुर आउँदै

१० कात्तिक, जनकपुर । नेपाल सरकारका तीन मन्त्रीसहितको टोली आज मधेश प्रदेश आउँदै छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसहितको टोली मधेश प्रदेशको राजधानी जनकपुर आउन लागेको हो ।

सो टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।

मन्त्रीहरुको टोली सोमबार र मंगलबार दुई दिन मधेश प्रदेशमा रहने छ ।

त्यसक्रममा उनीहरु सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया तथा छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more