इटहरीमा घरेलु विवादका क्रममा २५ वर्षीया महिलाको हत्या, श्रीमान नियन्त्रणमा

असोज १४, इटहरी । सुनसरीको इटहरीमा घरेलु विवादले ज्यान लिने घटनासम्म पुगेको छ । इटहरी उपमहानगरपालिका–१२ स्थित डेरामा बस्दै आएकी २५ वर्षीया अनिसा भट्टराईको आफ्नै श्रीमान् सुमन दाहालले हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार विवादकै क्रममा सुमनले काठको बटम प्रयोग गरी अनिसाको टाउको, नाक र कानमा प्रहार गरेका थिए । गम्भीर घाइते भएकी अनिसालाई तत्कालै विराटनगरस्थित विराट शिक्षण अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा गएराति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले सुमन दाहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा यो घटना घरेलु विवादकै कारण भएको देखिएको छ ।

यो घटनाले देशभर बढिरहेको घरेलु हिंसाको समस्या फेरि सतहमा ल्याएको छ । महिला हिंसा नियन्त्रणका लागि कानुनी व्यवस्था भए पनि व्यवहारमा अझै पनि धेरै महिलाहरू घरायसी विवादकै नाममा हिंसाको शिकार भइरहेका छन् ।

 

 

  • सम्बन्धित समाचारहरु

    अमेरिका–ईरान तनाव पुनः चर्कियो, हर्मुज क्षेत्रमा सैन्य गतिविधि तीव्र

    Read more

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more