धनुषाको ठाढिझिझाबाट ७० ग्राम ब्राउन सुगर सहित पाँच जना पक्राउ

भदौ ३०, जनकपुरधाम।  धनुषाको ठाढिझिझाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमला नगरपालिका–२ सरावेका १८ वर्षीय उदय मण्डल, १७ वर्षीय रितिक मण्डल, विदेह नगरपालिका–६ का २१ वर्षीय राहुल अधिकारी, २२ वर्षीय विकास मण्डल खल्वे र विदेह नगरपालिका–५ का २० वर्षीय मनोहर मण्डल रहेका छन्।

ठाढिझिझा प्रहरी चौकीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा करिब ७० ग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद भएको धनुषा प्रहरीले जनाएको छ। बरामद सामग्री परीक्षणका लागि पठाइएको र यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।हाल पाँचै जना पक्राउ परेका युवालाई ईलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार लागुऔषध नियन्त्रणमा कडाइ गर्ने अभियानअन्तर्गत यो पछिल्लो सफलता हो।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more