प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् : मधेसी प्रतिनिधित्व शून्य,जनस्तरमा असन्तुष्टि

भदौ ३०, काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले आज औपचारिक रूपमा सपथ ग्रहण गर्दैछ। सरकारमा ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङ, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त्रालयमा रामेश्वर खनालले सम्हाल्ने भएका छन्।

तर, मन्त्रिपरिषद् गठनलगत्तै जनस्तरमा असन्तुष्टि चुलिएको छ। विशेषगरी गृहमन्त्रीका रूपमा नियुक्त ओमप्रकाश अर्याललाई लिएर जेन–जेड आन्दोलनमा संलग्न युवा तथा सर्वसाधारणबीच तीव्र आपत्ति देखिएको छ। उनले अतीतमा ‘गाई काट्न पाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका कारण उनको नियुक्तिप्रति असहज प्रतिक्रिया आएको हो।

यता, समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको र मधेसी समुदायलाई कुनै जिम्मेवारी नदिएको भन्दै मधेशका जनतामा चरम असन्तुष्टि छ। प्रतिनिधित्वको आधारमा समेत सरकार गठन हुनुपर्ने माग भइरहेका बेला मधेसी सहभागिता शून्य हुनु विभेदपूर्ण निर्णयको रूपमा आलोचना भइरहेको छ।

राजनीतिक विश्लेषकहरूले समावेशी अभ्यासलाई बेवास्ता गरेर सरकारले गलत सन्देश पठाएको बताउँदै यसले आगामी दिनमा जनआन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more