जनकपुरधाममा निजि बिधालयहरु द्वारा ट्राफिक कार्यालयलाई सहयोग हस्तान्तरण

भदौ २९, जनकपुरधाम। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि जनकपुरधामस्थित विभिन्न निजी विद्यालय संगठनहरूले आवश्यक सहयोग गरेका छन् । एन प्याब्सन जनकपुरधामले १० हजार, हिसान धनुषाले ७ हजार र हिमाली बोर्डिङ स्कुलले ३ हजार रुपैयाँ विभिन्न सामाग्री खरिदको लागि स्थानीय ट्राफिक कार्यालय, जिरोमाइलमा हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै एन प्याब्सन जनकपुरधाम नगर अध्यक्ष दिपक कुमार ठाकुरले निजी विद्यालय समुदायले संकटको घडीमा कहिल्यै पछि नहट्ने बताएका छन् । उनले भने, “चाहे कोरोनाकाल होस् वा बाढी पहिरो, हामी सधैं अगाडि छौँ र रहनेछौँ ।”

त्यसैगरी हिसान धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले आन्दोलनका क्रममा लुटिएका वा हराएका सामाग्री कतै देखेमा तत्काल प्रहरीलाई खबर गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरे । उनले विद्यालय समुदाय शान्ति र सामाजिक उत्तरदायित्वप्रति सधैं सचेत रहने बताए ।

उक्त कार्यक्रममा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, धनुषा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष प्रमोद अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय क्षेत्रबाट आएको यस सहयोगले जनकपुरधाममा आन्दोलनपश्चात प्रभावित संरचनाहरू पुनःस्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more