नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिँदै कांग्रेस नेता सहाबुद्दिनका छोरा अफताब पक्राउ

भदौ २३,बिरगंज ।बिरगंज स्थित  ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन् ।

क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो ।

‘जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो,’ प्रमुख यादवले बताए ।

त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ ।

पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीरतामा राखिएको छ । पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, ‘क्याम्पस प्रशासनबाट बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

  • सम्बन्धित समाचारहरु

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more

    युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो” : मन्त्री पोखरेल

    Read more