“इजरायलसँग सबै सम्बन्ध तोड्न मुस्लिम मुलुकलाई इरानी सर्वोच्च नेता खामेनेईको आह्वान”

भदौ २३, तेहरान। ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईले मुस्लिम बहुल देशहरूसँग इजरायलसँग रहेका सबै प्रकारका व्यापारिक तथा राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन्। उनले इजरायललाई “विनाशकारी अपराध” गर्ने राष्ट्र भन्दै अबको अवस्थामा उससँग कुनै पनि किसिमको सहकार्य अस्वीकार्य भएको स्पष्ट पारे।

राष्ट्रपति र मन्त्रीपरिषद्को टोलीसँग आइतबारको भेटवार्तापछि खामेनेईले उक्त आग्रह सार्वजनिक गरेका हुन्। पछि उनले आफ्नो आधिकारिक एक्स (Twitter) ह्यान्डल मार्फत पनि सो सन्देश प्रसारित गरे।

उनका अनुसार, मुस्लिम राष्ट्रहरूले एकजुट भई कूटनीतिक तथा आर्थिक उपाय प्रयोग गरेर इजरायलमाथि दबाब सिर्जना गर्न जरुरी छ। उनले भने, “व्यापारिक र राजनीतिक सम्बन्ध तोड्नु फिलिस्तिनी मुद्दाको समर्थन गर्ने र पीडितहरूसँग एकजुटता देखाउने सबैभन्दा महत्वपूर्ण पहल हो।”

खामेनेईले मुस्लिम समुदाय र सरकारहरूलाई इजरायलविरुद्ध दृढ र सामूहिक कदम चाल्न आह्वान गर्दै यसलाई समयको आवश्यकता भएको बताए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more