धर्मप्रचारमा संलग्न अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नी परिवारसहित निष्कासन

भदौ २३, काठमाडौ ।  नेपालमा सात वर्षदेखि बस्दै आएका अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नीलाई परिवारसहित नेपालबाट डिपोर्ट गरिएको छ। अध्यागमन विभागले भदौ १० गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। सोही अनुसन्धानपछि कर्नीलाई ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै शनिबार निष्कासन गरिएको हो।

विभागका अनुसार कर्नी व्यावसायिक भिसामा नेपाल आएका भए पनि उनले भिसाको उद्देश्य विपरीत गतिविधि गरेका थिए। पब्लिकेसन्सको नाममा ख्रिश्चियन धर्मप्रचारसम्बन्धी पुस्तक प्रकाशित गर्ने, ललितपुरलगायतका क्षेत्रमा धर्मप्रचार गर्ने र एउटा बालगृह सञ्चालनमा अप्रत्यक्ष संलग्न रहनेजस्ता कार्यमा उनी संलग्न भएको प्रमाण भेटिएको विभागले जनाएको छ। साथै, दुर्गम क्षेत्रका बालबालिकालाई पढाउने नाममा धर्म सिकाउने कार्यमा समेत उनी सक्रिय रहेको पुष्टि भएको छ।

अनुसन्धानका क्रममा कर्नीलाई भारतले सन् २०१७ मै डिपोर्ट गरेको तथ्यसमेत पाइएको विभागले जनाएको छ। सार्वजनिक स्थानमा धर्मप्रचार गर्ने, भिसाको उद्देश्य विपरीत काम गर्ने र संदिग्ध गतिविधिमा संलग्न भएको आरोपमा उनलाई ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ।

कर्नीका श्रीमती र उनका ६ सन्तान पनि व्यावसायिक भिसामा नेपाल बस्दै आएका थिए। कर्नीको भिसा रद्द भएपछि उनीहरूको डिपेन्डेन्ट भिसा पनि स्वतः खारेज भएको विभागले स्पष्ट गरेको छ। विभागका अनुसार चाहना भएमा परिवार पर्यटक भिसामा नेपाल बस्न सक्थे, तर कर्नीले अमेरिका फर्कने निर्णय लिएपछि परिवारसहित उनीहरूलाई डिपोर्ट गरिएको हो।

pic -AI

 

  • सम्बन्धित समाचारहरु

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more

    युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो” : मन्त्री पोखरेल

    Read more