औरही नगरपालिकामा महिलाहरूलाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण कार्यक्रम सम्पन्न

साउन ४, औरही, महोत्तरी । —औरही नगरपालिका वडा नं. ३, ४, ५ र ९ मा सञ्चालित सिलाई–कटाई तालिम सम्पन्न भएसँगै तालिममा सहभागी भएका महिलाहरूलाई सिलाई मेसिन वितरण गरिएको छ। कार्यक्रम औरही नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको हो।

उक्त वितरण कार्यक्रम नगर प्रमुख श्री प्रदीप खड्का, लोसपा नेता ज्ञानेन्द्र झा  , उप–नगर प्रमुख श्रीमती रेनु झा, सम्बन्धित वडा अध्यक्षहरू तथा शाखा प्रमुख श्रीमती रिता ओलीको विशेष उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा सहभागी प्रत्येक प्रशिक्षार्थीलाई सिलाई मेसिन हस्तान्तरण गरिँदै सिपलाई व्यवसायमा रूपान्तरण गर्न प्रोत्साहन गरिएको थियो।

औरही नगरपालिकाको यो पहल सिपमूलक स्वरोजगारलाई प्रवर्द्धन गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रमले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न र महिलालाई आर्थिक रूपमा सबल बनाउने दिशामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र तालिम प्राप्त महिलाहरूको उत्पादनलाई बजारसम्म पु¥याउन सहकार्यको वातावरण बनाउने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    Leave a Reply