जनकपुरधाममा किराना पसलमा चोरी, हजारौं नगद रकम चोरी

साउन ३,जनकपुरधाम। बिजि न्युज रिपोर्टर —जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित कवर्ड हल बजारमा रहेको एक किराना पसलमा चोरी भएको छ।

‘जगत राउत’ भनेर चिनिने विजय राउतको किराना पसलमा शुक्रबार राति चोरी भएको हो। चोरीको घटनामा गल्लामा राखिएको नगद र रिचार्ज कुपन गरि लगभग  २०००० देखि २५००० रुपैयाँसम्म लगेको पीडित राउतले जनाएका छन्।

उनका अनुसार चोरले रातिको समयमा पसलको छानो फोडेर पसलभित्र प्रवेश गरेको थियो। पसलको गल्लामा रहेको सम्पूर्ण नगद रकम चोरी गरेर लगिएको र गल्ला भने पसलकै अगाडि फालिएको अवस्थामा भेटिएको छ।

“छानाबाट पसलभित्र छिरेर गल्ला फुटाएर सबै पैसा लगेछन्,” राउतले भने, “गल्ला भने बाहिर फ्यालिएको थियो। पैसा एक रुपैयाँ पनि बाँकी छैन।”

घटनापछि स्थानीय बजारवासीमा समेत डरको वातावरण सिर्जना भएको छ। रातको समयमा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्।

यसअघि पनि कवर्ड हल बजार क्षेत्र आसपासमा चोरीका घटनाहरू भएका थिए। तर, प्रभावकारी अनुसन्धान र दोषीलाई कारबाही नहुँदा चोरीका घटना पुनः दोहोरिन थालेको स्थानीय व्यवसायीहरूको गुनासो छ।

पीडित राउतले सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। “हामी दिनरात पसिना बगाएर कमाउँछौं, अनि रातको समयमा चोरले यसरी लिएर जान्छ भने हामी व्यापारी कसरी सुरक्षित हुन्छौं?” उनले आक्रोश पोखे।

पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रमा चोरी, सवारी साधन चोरी, मोबाइल चोरीजस्ता घटनाहरू क्रमशः बढिरहेका छन्। व्यापारी र सर्वसाधारणको सुरक्षाका लागि प्रहरीले निगरानी र गस्ती थप सशक्त बनाउनु आवश्यक देखिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply