सरकारलाई दिएको समर्थन जसपा नेपालले लियो फिर्ता

३२ असार, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कार्यकारिणीबाट भने केही समय अघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग जसपाका नेताहरुले भेटवार्ता गरेका थिए ।

त्यो भेटवार्तामा भूमि विधेयकका अन्तर्वस्तु, सत्ता सहकार्य लगायतबारे छलफल भएको थियो । तर जसपा नेपालले भूमि विधेयकका अन्तर्वस्तुमा आफ्नो अडान बदल्न चाहेको थिएन । ओली र देउवाले सम्वादबाट समस्या हल गर्नु सकिने बताएका थिए ।

तर अडानमा कायम रहँदै संसदीय दलको बैठकबाट समर्थन फिर्ताको निर्णय लिएको छ ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more

    Leave a Reply