१ हजार दरका नयाँ नोटको चित्र र आकार परिवर्तन हुने

३२ असार, काठमाडौं । सरकाले १ हजार रुपैयाँ दरका नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले गरेको प्रस्तावित चित्र र आकार स्वीकृत गरेको हो ।

राष्ट्र बैंकले १ हजार दरका नयाँ नोट छपाइ गर्ने तयारी अनुसार प्रक्रिया अघि बढाएको हो । त्यसका लागि केन्द्रीय बैंकले डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।

उक्त प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो । १ हजार रुपैयाँ दरका नोट कति संख्यामा छाप्ने भन्ने यकिन गर्न समय लाग्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

छपाइमा जान अझै ६ महिनासम्म लाग्ने भएकाले नयाँ नोटमा हस्ताक्षर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नै हुने ती अधिकारीको भनाइ छ ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply