सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

३२ असार, जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more

    Leave a Reply