ट्रकको ठक्करबाट पैदल यात्री गम्भीर घाइते, चालक नियन्त्रणमा

कार्तिक १५, ढल्केवर। — धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकमा एक मालवाहक ट्रकले ठक्कर दिँदा एक पैदल यात्री गम्भीर घाइते भएका छन्।

ना ४ ख ३४७३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा ठक्कर दिँदा सोही स्थानका अन्दाजी ६० वर्षीय नथुनी महतो घाइते भएका हुन्। स्थानीयका अनुसार ठक्करको आवाजसहित घटनास्थलमा भीड जम्मा भएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले घाइते महतोको तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान जारी छ। प्रारम्भिक जानकारीअनुसार, ट्रक तीव्र गतिमा थियो भने पैदल यात्रीले बाटो काट्ने क्रममा सन्तुलन गुमाएको हुनसक्ने आशंका गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more