पटेर्वा सुगौलीमा ८.४४० किलो गाँजासहित एक युवक पक्राउ

श्रावण १७, बिरगंज ।  पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोला चोकमा प्रहरीले विशेष चेकजाँचका क्रममा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा ८.४४० किलो गाँजा सहित एक जनालाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका व्यक्ति पर्सा गढी नगरपालिका–९, एकटाङ्गाका ३४ वर्षीय जग मोहन यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। जग मोहन यादव भारतको बिहार राज्यबाट देवरवाना तर्फ जाँदै गरेको BR05AG6805 नम्बरको मोटरसाइकलमा सवार थिए। चेकजाँचको क्रममा शंका लागेर उनको मोटरसाइकल रोकेर खानतलासी गर्दा ८ किलो ४४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजा मोटरसाइकलको विभिन्न भागमा लुकाएर लाँदै गरेको अवस्थामा फेला परेको हो। हाल पक्राउ परेका यादवलाई लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more

    Leave a Reply