२० फागुनसम्म १८ वर्ष पूरा हुने नागरिकलाई प्रतिनिधिसभा निर्वाचनमा मतदान अधिकार

मंसिर २२, काठमाडौ ।  आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पात्रता सम्बन्धी महत्वपूर्ण व्यवस्था निर्वाचन आयोगले स्पष्ट गरेको छ। आयोगले मतदाता नामावलीमा नाम दर्ता गरिसकेका र २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले मतदान गर्न पाउने व्यवस्था मिलाएको जनाएको छ।

आयोगले २० मंसिरमा गरेको निर्णयअनुसार, २० फागुनसम्म १८ वर्ष पुगेका नागरिकलाई योग्य मतदाता मानिने र उनीहरूको विवरण २०८२ मंसिर ५ गतेसम्म अद्यावधिक गरिने उल्लेख छ। सोमबार जारी गरिएको विज्ञप्तिमा आयोगले भनेको छ, “प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी मिति २०८२/८/५ सम्म संकलित मतदाताको विवरण अद्यावधिक गर्ने गरी २०८२/८/२० मा निर्णय भएको छ।”

यसैबीच, मतदाता नामावली अद्यावधिक (दाबी–विरोध) कार्यक्रमअन्तर्गत संकलित विवरण आयोगको वेबसाइटमा प्रकाशित भएपछि, २६ मंसिरसम्म मतदाताले आफ्नो नाम, उमेर, ठेगाना वा अन्य विवरणमा त्रुटि देखिए संशोधनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आगामी निर्वाचनका लागि योग्य मतदाता कुनै पनि कारणले नामावलीबाट छुट्न नदिन आयोगले सबै नागरिकलाई वेबसाइटमार्फत प्रकाशित विवरण सावधानीपूर्वक जाँच गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more