सरकारको धरपकड प्रवृत्तिमाथि एमाले नेता बस्नेतको चेतावनी

मंसिर २२, काठमाडौ । – नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले राजनीतिक दल र नेताहरूविरुद्ध अनाहकमा धरपकडको तयारी गरिरहेको आशंका व्यक्त गर्दै तीव्र विरोध जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै बस्नेतले हालैका दिनमा प्रधानमन्त्रीका भेटघाट र गतिविधिले सरकार ‘दुस्साहसपूर्ण कदम’ चाल्न खोजिरहेको स्पष्ट संकेत दिएको टिप्पणी गरेका छन्।

बस्नेतका अनुसार, देशमा बिगठीत संसद पुनःस्थापना भई सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बढेपछि सत्ता पक्ष अत्तालिएको छ। यही कारण सरकारले अनावश्यक बल प्रयोग वा कारबाहीको नाममा राजनीतिक प्रतिद्वन्द्वीमाथि दबाब सिर्जना गर्न खोजेको आरोप बस्नेतले लगाएका छन्।

यता, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले पनि भदौ २३ का घटनामा संलग्न भएको आरोपसहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रतिकार सुरु गर्ने चेतावनी दिइरहेका प्रसंग जोड्दै बस्नेतले वर्तमान राजनीतिक वातावरण अत्यन्त संवेदनशील बन्दै गएको उल्लेख गरे।

बस्नेतले भनेका छन्, “यदि देश पुनः अस्थिरतामा धकेलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन।” उनले देश रचनात्मक राजनीतिक संवादबाट चल्नुपर्नेमा जोड दिँदै राजनीतिक प्रतिशोधका आधारमा गरिएको कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।

बस्नेतले आफ्नो अभिव्यक्तिमा राष्ट्रिय स्वाभिमान र जनभावनाको सन्देश पनि जोड्दै लेखेका छन्, “हामी मरे त देशको झण्डा ओढेर मर्नेछौँ। तिमीहरू मरेउ भने विदेशीको झण्डा ओडाउन पक्कै मिल्दैन। देश कुनै अमूर्त शक्तिको डिजाइनले होइन, जनताका भावनाले चल्छ।”

 

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more