स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्ने

१९ असार, काठमाडौं । स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेकाहरुका लागि कम्पनीले २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । साउन ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको हो । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।

सम्बन्धित समाचारहरु

इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

Read more

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

Read more

Leave a Reply