इँटाभट्टाबाट एमबीबीएससम्मको यात्रा: गोमा श्रेष्ठलाई गुरुङ दम्पतीद्वारा स्पोन्सरसिप

काठमाडौं, असार १९ — जीवन संघर्षसँग जुध्दै उत्कृष्ट शैक्षिक सफलता प्राप्त गरेकी गोमा श्रेष्ठको सपना अब डाक्टर बन्ने दिशामा अघि बढ्ने भएको छ। एसईई परीक्षामा ४.० जीपीए ल्याउँदै सबैको ध्यान तानेकी गोमालाई गुरुवार काठमाडौंको भाटभटेनीस्थित कार्यालयमा एक विशेष समारोहबीच एमबीबीएस अध्ययनका लागि स्पोन्सरसिप प्रदान गरिएको छ।

गुरुङ दम्पतीबाट प्रेरणादायी सहयोग
सामाजिक सेवा र शिक्षामा सक्रिय रहेका व्यवसायी तथा समाजसेवी गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले गोमालाई एमबीबीएससम्मको अध्ययनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सो अवसरमा उनीहरूले गोमालाई एक लाख रूपैयाँ नगद, एक थान ल्यापटप र सम्मानपत्र प्रदान गरेका थिए।

संघर्ष र संकल्पको कथा गोमा श्रेष्ठ एक साधारण मजदुर परिवारकी छोरी हुन्। उनी सानो उमेरदेखि नै परिवारको आर्थिक बोझ बोक्दै इँटाभट्टामा काम गर्दै पढाइलाई निरन्तरता दिइरहेकी थिइन्। उनको कठोर परिश्रम र आत्मविश्वासकै कारण उनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए हासिल गरिन्।

गोमाको संघर्ष र सफलता धेरैका लागि प्रेरणादायी बनेको छ। कार्यक्रममा बोल्दै गुरुङले भने, “गोमाजस्तो होनहार विद्यार्थीलाई सघाउनु हाम्रो दायित्व हो। समाज परिवर्तन यिनै युवाहरूमार्फत सम्भव छ।”

गोमाले सहयोगप्रति आभार व्यक्त गर्दै भनिन्, “मेरो सपना डाक्टर बन्ने हो, र आज यस सहयोगले मेरो जीवनको सबैभन्दा ठूलो कदम अघि बढ्न पाएको छु।”समाजमा यस्ता प्रेरणादायी कदमहरूले न केवल व्यक्तिगत जीवनमा परिवर्तन ल्याउँछन्, बरु सम्पूर्ण समाजमा सकारात्मक सन्देश प्रवाह गर्छन्। गोमाको सफलता र गुरुङ दम्पतीको सहयोगले शिक्षा, संघर्ष र समाजसेवाको एक सुन्दर नमूना प्रस्तुत गरेको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    Leave a Reply