स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम

माघ १३, काठमाडौ ।  स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ छोएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको छापावाला सुन मंगलबार थप ३०० रुपैयाँले बढ्दै ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको निरन्तर उतारचढाव, अमेरिकी डलरको विनिमयदरमा वृद्धि तथा भूराजनीतिक अस्थिरताका कारण घरेलु बजारमा समेत मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा भएको सानो परिवर्तनले समेत स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले निकट भविष्यमा मूल्य घट्ने–बढ्ने प्रवृत्ति कायमै रहने आकलन गरिएको छ।
लगातारको मूल्यवृद्धिले सुन खरिदमा कमी आउन सक्ने व्यवसायीहरू बताउँछन्। विशेष गरी विवाह सिजन नजिकिँदै जाँदा उच्च मूल्यका कारण उपभोक्तामा दबाब बढेको छ। महासंघका अनुसार बजारको अवस्था अन्तर्राष्ट्रिय प्रवृत्तिमै निर्भर रहनेछ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more