सोनल नेतृत्वको मधेस सरकारलाइ संघीय लोकतान्त्रिक मोर्चाको समर्थन

असोज ३१, काठमाडौ । संघीय लोकतान्त्रिक मोर्चाले मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बनेको मधेस प्रदेशको सरकारले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

मोर्चाको संघीय सचिवालय संयोजक शिवजी यादवले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति गराउने र प्रदेशको जनता र जेनजी आन्दोलनको भावना, आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी कार्य परिणाम प्रदान गर्ने विश्वास गरेका छौँ ।”

मोर्चाका घटक दलहरूले आगामी दिनमा एकता, समन्वय र साझा प्रतिबद्धतामा साथ अघि बढिरहने विश्वाससमेत मोर्चाले व्यक्त गरेको छ ।मोर्चामा रहेका सबै दलको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका नेता सोनल मधेस प्रदेशका मुख्यमन्त्री बनेका छन् । मोर्चामा नरहेको सीके राउतको जनमत पार्टीले पनि मधेसका मुख्यमन्त्री सोनललाई समर्थन गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more