प्रधानमन्त्री सुशीला कार्कीको घोषणा : ६ महिनाभित्र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता

असोज ३१, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी ६ महिनाभित्र शान्तिपूर्ण र लोकतान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेकी छन्।

शुक्रबार सिंहदरबारमा आयोजित कूटनीतिक निकायका प्रमुख र विभिन्न देशका राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले हालको संक्रमणकालीन अवस्थाको नेतृत्व गर्ने जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने बताइन्। उनले जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा जनताले स्थायित्व र पारदर्शिता चाहेको उल्लेख गर्दै आफू त्यसै दिशामा अग्रसर रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “म प्रधानमन्त्री पदमा स्थायी रूपमा होइन, संक्रमण व्यवस्थापनका लागि आएकी हुँ। मेरो प्रमुख लक्ष्य निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सम्मानपूर्वक सत्ता हस्तान्तरण गर्नु हो।”

उनले मुलुकमा शान्ति, सुशासन र राजनीतिक सहकार्य आवश्यक रहेको बताउँदै सबै दललाई लोकतान्त्रिक मूल्य र जनताको विश्वास कायम राख्न आग्रह गरिन्। कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग पनि नेपालको लोकतान्त्रिक यात्रामा सहकार्य र सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरिन्।

यसअघि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत आगामी निर्वाचन तयारीका लागि आवश्यक प्रशासनिक र कानूनी संरचना बलियो बनाउने निर्णय गरिसकेकी छिन्।

सरकारका स्रोतका अनुसार प्रधानमन्त्री कार्कीको प्राथमिकता स्वच्छ निर्वाचन, सुशासन प्रवर्द्धन र राजनीतिक स्थायित्व कायम गर्नु रहेको छ। उनका अनुसार निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएपछि उनले ससम्मान पद त्याग गर्ने तयारी गरेकी छन्।कूटनीतिक निकायका प्रतिनिधिहरूले पनि प्रधानमन्त्री कार्कीको प्रतिबद्धतालाई स्वागत गर्दै नेपालको लोकतान्त्रिक अभ्यासमा यो सकारात्मक संकेत भएको टिप्पणी गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more