सैनिक ब्यारेकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री ओली, बालकोट घर जलेपछि भक्तपुर गुण्डु सरे

असोज २, काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो । गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएयता ओली सैनिक सुरक्षा घेरामा नै थिए ।

सुरक्षा निकायका अनुसार ओली अहिले भक्तपुरको गुण्डुमा सारिएका छन् । त्यहाँका लागि भाडाको घर व्यवस्थापन गरिएको छ । बालकोटस्थित उनको निवास प्रदर्शनकारीले आगजनी गर्दा पूर्णरूपमा क्षतिग्रस्त भएपछि उनी नयाँ स्थानमा सर्न बाध्य भएका हुन् ।

ओलीलाई गुण्डु सार्ने जिम्मेवारी एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले लिएका छन् । बस्नेतले ओलीलाई सार्वजनिक जीवनमा पुनः सक्रिय गराउने उद्देश्यले चाँडै भव्य कार्यक्रम आयोजना गर्ने घोषणा समेत गरेका छन् ।

एमाले निकट स्रोतका अनुसार ओलीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आन्दोलनपश्चात् बालकोटमा भएको तोडफोड र आगजनीले पार्टीभित्रै ठूलो असर पारेकाले अब उनलाई राजनीतिक गतिविधिमा कसरी प्रस्तुत गरिन्छ भन्ने विषय एमालेभित्र प्रमुख चासो बनेको छ ।

 

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more