मन्त्री कुलमान घिसिङको आह्वान : भत्किएका संरचना पुनर्निर्माणका लागि ‘महाअभियान’ र छुट्टै कोष गठन

असोज २, काठमाडौं ।  ऊर्जा मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा भत्काइएका संरचनाहरू पुनर्निर्माणका लागि ‘महाअभियान’ सुरु गर्ने घोषणा गरेका छन् । उनले नेपाली जनताले आफैंले भत्काएको संरचना आफैंले बनाउनुपर्ने सन्देशसहित छुट्टै कोष गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

मन्त्री घिसिङले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त कोषमा सकेको सहयोग गर्न आह्वान गरेका छन् । उनले भने, “नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउँछ भन्ने सन्देश दिनुपर्छ । त्यसैले हामीले कुनै विदेशी संस्थासँग माग्नुपर्ने अवस्था आउन नदिऊँ ।”

उनका अनुसार विदेशमा रहेका नेपालीहरु समेत यस अभियानमा योगदान दिन इच्छुक छन् भने नेपालभित्रका जनताले पनि सक्रिय रुपमा सहभागिता जनाउनुपर्नेछ ।

सरकारले निकट भविष्यमा उक्त अभियानलाई संस्थागत गर्ने र पारदर्शी कोषमार्फत् पुनर्निर्माण अघि बढाउने तयारी गरेको मन्त्री घिसिङले जानकारी दिए ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more