सुनको मुल्य घटयो

४ चैत, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार ३३५ रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । रेकर्ड मूल्यबाट सुनको भाउ करिब ३२ हजार घटिसकेको छ ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more