इजरायलको आक्रमणमा इरानका दुई शीर्ष सुरक्षा अधिकारी मारिएको दाबी

४ फागुन, काठमाडौ ।  मध्यपूर्वमा तनाव झन् चुलिँदै गएको छ। इजरायलले गरेको आक्रमणमा इरानका दुई उच्च सुरक्षा अधिकारी मारिएको खबर सार्वजनिक भएको छ, जसलाई इरानी नेतृत्वका लागि ठूलो झट्काका रूपमा हेरिएको छ।
मारिनेहरूमा अली लारिजानी रहेका छन्। उनी इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिवका रूपमा कार्यरत थिए र देशको सुरक्षा नीतिमा अत्यन्त प्रभावशाली मानिन्थे। त्यसैगरी, गुलाम रजा सुलेमानी पनि आक्रमणमा मारिएको बताइएको छ। उनी इस्लामिक रिभोल्युशनरी गार्ड्स (IRGC) अन्तर्गतको ‘बसीज फोर्स’का प्रमुख थिए।
इरान सरकारले दुवै अधिकारीको मृत्यु पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यी दुवै व्यक्तिले विगतमा इरानभरि भएका ठूला विरोध प्रदर्शन नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
यस घटनापछि इजरायल–इरानबीचको द्वन्द्व अझै चर्किने सम्भावना देखिएको छ। क्षेत्रीय सुरक्षा अवस्थामाथि यसको प्रत्यक्ष प्रभाव पर्ने विश्लेषकहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more