शिक्षक समुदायको भावना आहत भएको भन्दै आयांका फिल्म्सद्वारा क्षमायाचना

२ साउन, काठमाडौ । चलचित्र ‘मास्टरनी’ को प्रमोसनका लागि सार्वजनिक गरिएको गीतप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएपछि निर्माण कम्पनी आयांका फिल्म्स प्रा.लि. ले आधिकारिक रूपमा क्षमायाचना गरेको छ।
कम्पनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रमोसनल गीत केवल चलचित्रको प्रचारप्रसारका लागि तयार गरिएको स्पष्ट पारेको छ। विज्ञप्तिमा गीतमार्फत शिक्षक समुदाय वा शिक्षण पेशाप्रति अपमान गर्ने, नकारात्मक भावना फैलाउने वा आम दर्शकको आत्मसम्मानमा चोट पुर्‍याउने कुनै उद्देश्य नरहेको उल्लेख गरिएको छ।
आयांका फिल्म्सले उक्त प्रमोसनल गीत चलचित्रको मुख्य कथावस्तुसँग प्रत्यक्ष सम्बन्धित नरहेको पनि जनाएको छ। साथै, गीतका सर्जक दुर्गेश थापाले आफ्नो आधिकारिक च्यानलबाट उक्त प्रमोसनल गीत हटाइसकेको जानकारी आफूहरूले प्राप्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीले सार्वजनिक प्रमोसनल सामग्रीका कारण शिक्षक समुदाय तथा आम दर्शकको भावनामा ठेस पुगेको स्वीकार गर्दै त्यसप्रति हार्दिक क्षमायाचना व्यक्त गरेको छ।
विज्ञप्तिको अन्त्यमा आयांका फिल्म्सले शिक्षक समुदायप्रति उच्च सम्मान व्यक्त गर्दै भविष्यमा यस्ता विषयमा अझ संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुने प्रतिबद्धता जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more