१ जेठ, जनकपुरधाम। — मधेस प्रदेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव सत्ता गठबन्धन तथा आफ्नै पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच विश्वासको मत लिनबाट पछि हटेका छन्।
शुक्रबारका लागि तय गरिएको विश्वासको मतको प्रक्रिया अब जेठ ८ गतेका लागि सारिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा ले मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत लिने जानकारी दिएका हुन्।
सत्ता गठबन्धनभित्र देखिएको मतभेद र पार्टीभित्रको असन्तुष्टिका कारण मुख्यमन्त्री यादवले फ्लोर क्रसको जोखिम देखेपछि तत्काल विश्वासको मत नलिने निर्णय गरेको राजनीतिक वृत्तमा चर्चा छ।
मधेश प्रदेश सरकारमा पछिल्लो समय सत्ता समीकरणलाई लिएर दलहरूबीच आन्तरिक छलफल तीव्र बनेको छ। विश्वासको मत सारिएसँगै प्रदेश सरकारको आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ।

















