विद्यार्थीमाथि भएको गिरफ्तारीको एमालेद्वारा विरोध, तत्काल रिहाइको माग

३१ असार , काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मूल्यवृद्धि, सुशासन, नागरिकमाथिको अत्याचार तथा भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि सरकारले गरेको दमन र गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा सरकारले राजधानीमा सुरक्षा निकाय परिचालन गरी राजनीतिक दलका नेता, व्यवसायी तथा सरकारी कार्यालय क्षेत्रमा अवरोध सिर्जना गरेको घटनाप्रति सांकेतिक विरोधस्वरूप प्रदर्शन गरिरहेका अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धमलासहित विद्यार्थी नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उप्रेती र शिरीष बुढाथोकीलाई प्रहरीले बलपूर्वक पक्राउ गरेको उल्लेख गरिएको छ।

वक्तव्यमा नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार कुण्ठित गर्ने सरकारी कदम लोकतन्त्र र मानवअधिकारविपरीत भएको भन्दै एमालेले त्यसको कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको छ।

एमालेले पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष धमलासहित सातै जना विद्यार्थी नेतालाई तत्काल र विनाशर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more