रेशम चौधरीको उम्मेदवारी खारेज

माघ ८, काठमाडौं। — नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानुन बमोजिम उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै मनोनयनपत्र खारेज गरेको जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरिएको छ। कानून बमोजिम गर्नु।”
चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए। उम्मेदवारी खारेजीको निर्णयसँगै उक्त क्षेत्रमा दल तथा उम्मेदवारहरूको समीकरणमा प्रभाव पर्ने आकलन गरिएको छ। नागरिक उन्मुक्ति पार्टीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more