महेश बस्नेतले ‘म मधेशको छौरो’ विषयमा स्पष्टिकरण

माघ ८, काठमाडौ । नेता महेश बस्नेतले बालेन शाहले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा आफूले मैथिली भाषामा उक्त अभिव्यक्तिको अर्थ के लाग्छ भनी सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको बताएका छन्।
बस्नेतले एक वक्तव्य जारी गर्दै आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानप्रति सधैं सम्मानजनक रहेको स्पष्ट पारेका छन्। “मैले नबोलेका विषयलाई गलत व्याख्या गरी प्रचार गरिएको देखिएको छ। कृपया यस्ता भ्रामक सामग्री नफैलाइदिनुहोला,” उनले भनेका छन्।

उनले कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्। साथै, उक्त प्रसंगका कारण अनजानमा कसैको भावना आहत भएको भए आफू क्षमायाचना गर्ने पनि बताएका छन्।

सामाजिक सञ्जालमा उक्त अभिव्यक्तिलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला बस्नेतले आधिकारिक धारणा सार्वजनिक गर्दै भ्रम चिर्न प्रयास गरेका हुन्।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more